पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा परियार



पोर्चुगल । नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू रहेका छन् ।

शाखाको संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन् । नयाँ कार्यसमिति गठनका लागि पत्रकार महासङ्घ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा उदयदेव आचार्य सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

रोजगारीका लागि गैरकानुनी बाटोबाट किर्गीस्तान नजान दूतावासको आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती