समाचार

१७ लाखरुपैयाँसहित विजेश्वरीबाट १६ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको बेला १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।