आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या



आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले बताए ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए । उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाँै भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालन गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ

जरुरी प्रकृतिका रिटको मात्र सुनुवाई गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको कोभिड संक्रमण बढेको भन्दै सेवा कटौती गर्ने निर्णय गरेको

कोभिड नियन्त्रणकासम्बन्धमा जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा २७ बुँदे आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन