समाचार

चीनबाट फर्काइने नेपालीलाई खरिपाटीमा राख्न लागिएको भन्दै स्थानीयवासीको विरोध

भक्तपुर । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो ।