नेपाली कांग्रेसद्वारा दोस्रो दिनपनि संसद अवरुद्ध



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना नेतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै शुक्रबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । दिउँसो एक बजेपछि सुरु भएको बैठकमा कांग्रेस सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ ढ्याप ढ्याप गर्दै कांग्रेस सांसदहरु आआफ्नो ठाउँबाट उभिएका थिए । त्यसपछि सभामुख सापकोटाले कांग्रेस सांसद मिनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थियो । विश्वकर्माले गच्छदारविरुद्ध नियोजित रुपमा मुद्दा दायर गरेर अख्तियारले सयौं दोषीलाई उन्मुक्ति दिएको आरोप लगाए ।

सरकारको छायामा परेर अख्तियारले व्यक्ति छानीछानी मुद्दा चलाइएको आरोप लगाउँदै उनले बैठक अघि बढ्न नसक्ने घोषणा गरे । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आजपनि सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

कांग्रेस सांसदहरुले बैठकमा अवरोध जारी राखिरहेपछि सभामुख सापकोटाले सदनको कामकारबाही अघि बढाउनका लागि बसी दिनपटक पटक बस्न आग्रह गरेका थिए । झण्डै २० मिनेटसम्म कांग्रेसले अवरोध जारी राखेपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

पार्टी संसदीय दलका उपनेता गच्छदारविरुद्धको मुद्दाको विषयलाई लिएर बिहीबार पनि कांग्रेसले संसद अवरुद्ध गरेको थियो । बुधबार अख्तियारले गच्छदारसहितका ३ पूर्वमन्त्री, ३ पूर्वसचिवसहित १ सय ७५ जनालाई विशेष अदालतमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा

नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजाले भने -नेपाली खेलाडीको प्रदर्शनबाट गौरव बढाएको छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको हाङझाउमा भएको १९ औं खेलकुदमा नेपाली क्रिकेट

सुर्खेतको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी

नेपालले पायो भारतको रियल टाइम मार्केटमा बिजुली बेच्ने अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि