अख्तियारले गच्छदारलाई मुद्दा हालेपछि कांग्रेस आन्तरिक छलफलमा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।

गच्छदारमाथि मुद्दा दायर भएपछि कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । अहिले देउवा निवास बुढानिलन्ठमा जारी बैठकमा कानुन व्यवसायी पनि सहभागी छन् ।

ललिता निवासको जग्गा किनबेचमा संलग्न भएको आरोपमा गच्छदारसहितका नेता तथा कर्मचारीहरुलाई अख्तियारले बुधबार मुद्दा दायर गरेको छ ।

अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

    म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री

सिंगापुर पठाईदिन्छु भनि ४० जनाबाट ५ करोड ठगी गरी फरार सुजन आचार्य पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

आठ किलो चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई