यस्तो बेलामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई हौसला दिनुहोस्
तारा अर्याल ।
देश मा Covid -19 को संक्रमण पश्चात जब बिहान उठेर आफ्नो क्लिनिक जानु छ भन्ने सम्झन्छु लाग्छ , विश्वयुद्ध को लागि जाँदै छु तर न आफू सँग विश्वयुद्ध जित्ने हतियार छ न म आफैं भर परिरहेको नेपाल सरकार सँग ???
सेवा को नाम छ तर आफ्नो दैनिकी जो धकेल्नुछ ।
जब घर मा फर्किन्छु युद्द अन्त्य भएको होइन स्थगित मात्र त्यही महसूस हुन्छ । हरेक व्यक्ति , तपाईं, म जो कोही यो रोगको समस्या को जोखिम मा छौ , अरु कसैमा संका देखियो मक्ख हुनुछैन, सम्झिनुहोस् त्यो तपाईं को समस्या हो ।
एक जना व्यक्ति ले निम्त्याएको यो समस्या हरेक एकजना आफ्नो ठाउँ बाट आफूले सक्ने सहयोग गर्नुहोस् , समस्या समाधान हुन्छ।
Covid-19 को अन्त्य गर्न एक को धेरै महत्त्व छ त्यो एक तपाईं हो।
समस्या सबैको एउटै हो,आफू सुरक्षित रहनुहोस् अरुलाई सुरक्षित रहन सहयोग गर्नुहोस्, सम्पूर्ण स्वास्थ्यकर्मीलाई हौसला दिनुहोस् , जोखिम नमोल्नुहोस्।