कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?



मोहनबिक्रम सिंह ।
अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित त्यसभित्रका कतिपय संगठनात्मक पक्षहरु पनि जोडिएका छन, जस्तै कि नेतृत्वको परिवर्तन वा नेकाको रुपान्तरण । तर ती सबै त्यसका आन्तरिक विषयहरु हुन र त्यसबारे हामीले केही भन्न छैन । तर त्यो अन्तरसंघर्षको एउटा राजनीतिक पक्ष सम्पूर्ण देशको राजनीति र भविष्य समेतसित जोडिएको छ र त्यसबारे नै यहाँ हामीले केही प्रकाश हाल्ने प्रयत्न गर्नेछौँ ।

नेपाली भित्रको अन्तरसंघर्षको राजनीतिक पक्ष के हो ? त्यो जान्नु भन्दा पहिले हामीले अहिले संस्थापन पक्षले लिएको राजनीतिबारे केही बुझ्नुपर्ने आवश्यकता छ । अहिले संस्थापन पक्षले, प्रथम, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा तथा प्रतिगमनका बिरुद्ध अडान लिएको छ । त्यो अडानबाट त्यो पछाडि हट्ने त होइन ? त्यसो गर्यो भने पनि त्यो भविष्यको कुरा हुनेछ । तर अहिले त्यसले त्यस प्रकारको अडान लिएको कुरा प्रष्ट छ । द्वितीय, भारतीय वा अमेरिकी साम्राज्यवाद तथा राष्ट्रियताबारे त्यसले ढुलमुल र अवरवादी नीति लिएको छ । त्यही कारणले होकि त्यसले संसदमा एमसीसीलाई पारित गर्यो र पछि नागरिकता संसोधन विधेयकलाई पनि पारित ग¥यो । तैपनि भारतीय र अमेरिकी साम्राज्यवाद दुबैले जुन हदसम्म चाहान्छन, त्यो हदसम्म नेकाको सस्थापन पक्ष उनीहरुको पक्षमा जान तयार भएको छैन । उनीहरुले (भारत र अमेरिकाले) चाहान्छन, नेका पूरै नै उनीहरुको पक्षमा सामेल होस् र अहिलेको तटस्थ नीतिलाई परित्याग गरेर चीनका बिरुद्ध पूरै खडा होस् । नेका त्यो हदसम्म जान तयार नभएकोले उनीहरुले नेका वा वर्तमान सरकार माथि पूरै विश्वास गर्न पनि सकिरहेका छैनन् । यहाँ नेकाको संस्थापन पक्षबारे जे भनियो, त्यो कुरा माओवादी र वर्तमान गठबन्धन सरकारबारे पनि सत्य हो ।

अहिलको नेकाको नेतृत्वमा परिवर्तन गर्न अभियान चाउनुको पछाडिको मुख्य राजनीतिक उद्देश्य अहिले नेपाली कांग्रेसको संस्थापन पक्ष वा सरकारले अपनाइरहेका माथिका दुबै नीतिहरुमा परिवर्तन ल्याउनु पनि हो । उनीहरुको त्यो उद्देश्य पूरा भएमा अहिलेको गठबन्धन टुट्नेछ र वली कथित स्वतन्त्र राष्ट्रिय पार्टी र राप्रपा समेतसितको गठबन्धन बन्नेछ । स्पष्ट छ कि त्यस प्रकारको गठबन्धनले देशलाई प्रतिगमनतिर नै लैजानेछ । त्यसका साथै उनीहरुको साम्राज्यवादी शक्तिहरुसितको, मुख्तः अमेरिकी साम्राज्यवाद सितको, नीकटता बढेर जानेछ । त्यो अवस्थामा नेपालको तटस्थ परराष्ट्र नीति समेत समाप्त हुने र नेपाल पूरै अमेरिकी शैन्य क्याम्पमा जाने समेत सम्भावना हुनेछ । त्यो अवस्थामा अमेरिकालाई आफ्नो इन्डोप्यासिफिक रणनीति पूरा गर्न, एसपीपीलाई समेत पारित गराउन वा चीनसितको अहिले कायम रहेको मैत्रिपूर्ण सम्बन्धमा पनि छेकबार गर्न मद्दत पुग्नेछ । वर्तमान गठबन्धन सरकार एसपीपीलाई पारित गर्न तयार नभएको कारणले पनि अमेरिका वर्तमान सरकारप्रति असन्तोष भएको थियो र त्यही स्थितिमा नै त्यसले नेपालमा पहिलेको विभिन्न राजनीतिक पार्टीहरुमा घुसपैठ गरेर, सरकार माथि दवाव दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी स्वार्थहरुलाई पूरा गर्ने नीतिलाई बदलेर प्रत्यक्ष रुपले हस्तक्षप गर्ने नीति अपनाएको थियो । त्यही क्रममा नै त्यसले अमेरिकाको ‘फ्रिडम पार्टी’ र त्यसको ‘घण्टी’ चुनाव चिन्ह्को अनुसरण गर्दै नेपालमा पनि घण्टी पार्टीको गठन गरेको थियो । त्यस प्रकारको संगठनको निमार्णका पछाडिको उसको उद्देश्य, एकातिर, अहिले सत्तारुढ गठबन्धनमा भएका राजनीतिक पार्टीहरुको अस्तित्वलाई समेत समाप्त गर्नका लागि धम्की दिने र, अर्कातिर, नेपालको संसद र सरकारमा समेत आफ्नो नियन्त्रण कायम गर्ने उद्देश्यले काम गरेको थियो । त्यो घण्टी पार्टीसित नेपाली कांग्रेसको प्रतिपक्षको पनि निकट सम्बन्ध रहेको कुरा गत चुनावको बेलामा उनीहरुका बीचमा कायम भएको निकट सम्बन्धबाट पनि स्पष्ट भैसकेको छ ।

अमेरिकाको विश्वव्यापी रणनीति कम्युनिस्टहरुलाई पूरै समाप्त गर्ने रहेको छ । त्यो नीतिलाई कांग्रेस भित्रको प्रतिपक्षले पनि अनुसरण गरेको छ । त्यही नीति अनुरुण नै उनीहरुले नेकाको केन्द्रीय समितिमा वामपन्थीहरुसित चुनावमा कुनै गठबन्धन नगर्नका लागि संघर्ष गरेका थिए । यद्यपी संस्थापन पक्षको बहुमतका अगाडि उनीहरु पराजित हुनु परेको थियो । केन्द्रीय समितिमा बामपन्थीहरुसित कुनै गठबन्धन नगर्ने उनीहरुको नीति बहुमतद्वारा अस्वीकृत भएपनि उनीहरुले देशव्यापी रुपमा नै वामपन्थी उम्मेदवारहरुलाई पराजित गर्न खुला रुपले नै प्रयत्न गरेका थिए र त्यसका लागि कैयौँ स्थानहरुमा ऐमालेका उम्मेदवारहरुलाई पनि समर्थन गरेका थिए । अब ८४ को चुनावमा पनि वामपन्थीहरुसित कुनै गठबन्धन नगर्ने उनीहरुको घोषित नीति रहेको छ । यो कुरा स्पष्ट छ कि अहिलेको नेतृत्वमा परिवर्तन गर्नुको पछाडिको उनीहरुको एउटा उद्देश्य अहिले सस्थापन पक्षले वामपन्थीहरुसित अपनाइरहेको गठबन्धनको नीतिलाई बदल्नु पनि हो ।

माथिको संक्षिप्त विवरणबाट अहिले नेकाको सस्थापन पक्षका बिरुद्ध चलाइरहेको संघर्षका पछाडिको त्यसको उद्देश्य खाली त्यसको नेतृत्वलाई मात्र बदल्नु नभएर अहिले संस्थापन पक्षले अपनाइरहेका नीतिहरुलाई बदल्नु पनि भएको र त्यो नै त्यसको प्रधान पक्ष रहेको कुरा प्रष्ट छ । त्यसको अर्थ हुन्छ नेकाले प्रतिगमनका विरुद्ध अहिले जे जति अडान लिएको छ, त्यसलाई परित्याग गरेर एमालेसित गठबन्धन गरोस, प्रतिगमनका बिरुद्धको संघर्षको नीतिलाई बदलोस्, भारत र खास गरेर अमेरिकाका पक्षमा प्रत्यक्ष रुपले उभियोस्, नेपालको तटस्थ परराष्ट्र नीतिलाई भारत र अमेरिकाका नीतिहरुका पक्षमा बदलोस् र वामपन्थीहरुसित गठबन्धनको नीतिलाई परित्याग गरोस् । त्यसरी स्पष्ट छ, अहिले नेका भित्र चलिरहेको अन्तरसंघर्ष खाली त्यसको आन्तरिक विषय मात्र नभएर त्यो देशको सम्पूर्ण राजनीति र भविष्यसित पनि घनिष्ठ रुपले जोडिएको छ । त्यसकारण नेकाभित्र अहिले चलिरहेको संघर्ष कुन रुपमा टुंगिन्छ ? त्यसले देशको राजनीतिलाई पनि एक वा अर्काे प्रकारले प्रभावित गर्ने कुरा निश्चित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

मतदान सम्पन्न भएपछि देउवाले भने- लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भयो

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको