आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन



डा. युवराज संग्रौला ।
आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन् । दुबैले क्षति गर्छन् । आँखामा दृष्टि मात्र हुन्छ, देखेको कुरालाई ज्ञानले विश्लेषण गर्ने क्षमता भएन भने, मानिस सिक्दैन सिक्दै नसिकी गुरु बन्न खोज्छ, उसलाई मूर्ख भनिन्छ । मुर्खमा एउटा गजब गुण हुन्छ, अभिमान । अभिमानमा लघुताभाष हुन्छ र लघुताभाषले ढाँट बनाउँछ । ढाँटले बोकेको शास्त्रलाई ढाँटशास्त्र भनिन्छ, त्यो भनेको स्युडो नलेज हो ।

१. वस्तु र धारणालाई अन्तरक्रियात्मक दृष्टि हेरेपछि, परस्पर विरोध र परस्पर एकता अन्तनिहीत भएको देख्न सकिन्छ, त्यसैले बुद्धले हरेक वस्तु परिवर्तनशील छ, अनुभवले सिकेको ज्ञान यथार्थ हुन्छ, प्रकृति नफेरिने परिवर्तनको नियम मात्र परमार्थ सत्य हो भनेका छन् ।

२. यो सत्यको दृष्टि लगाएर हेर्दा लुगा लगाएका नांङ्गा देखिन्छन् न्यायाधीश अन्यायाधीश, देखिन्छन्, वामपन्थी नवउदारवादी देखिन्छन्, नवउदारवादी व्यापारी देखिन्छ । मूर्ख विद्वान देखिन्छ ।

त्यसैले जे देखिन्छ त्यो सत्य छैन । चीनमा चुवाङ्ग जु नामका दार्शननक थिए । उनको दर्शन रसियामा विशेष पढाइ हुन्छ। किन हो थाहा छैन। एकदिन उनी र उनका साथी हाइहुइ घुम्दै एउटा नदीको किनारमा पुगे र पुल माथी चढे । निलो सफा नदीमा हेरे । माछा खेल्दै थिए, तलमाथि, वरपर । बेलाबेला गुजुल्टिन्थे बेलाबेला बाँकटे हान्थे । चुवाङ्ग्जुले भने, ‘कति खुशी छन् माछा।’

हाइ हुइ, ‘हो, खुशी छन्, तँ माछा होस् त्यसैले जानिस् ।’ चुवाङ्गजु ले चित खाए । अनि भने ‘हो तँ चै माछा होस् त्यसैले जानिस् नि म माछा होइन त्यसैले माछाको कुरा माछाले मात्र जान्दछ।’ यी दुईको तीन दिन वादविवाद भयो । चुवाङ्गजु मेटाफिजिष्ट थिए, हाइ हुइ तर्कशास्त्री । कसरी अनुमान गरिस् ‘माछा खुशी छन् ?’

हाइ हुइ ‘नदी सफा थियो, बाढी आएको थिएन। नदीमा गोही थिएनन् । पानी निश्चल थियो। खोलामा मानिस पौडी खेल्दै थिएनन् । वस्तुको वास्तविकता वरिपरिको यथार्थताको ठूलो चित्रबाट हेर्नुपर्छ।’ एउटा वा अनेक प्रकट तथ्यले लुकेको तथ्य प्रकट गर्छन् ।
मैले मानें, दार्शनिकलाई त्यसै ‘दुसु’ (विद्वान) भनेको होइन रहेछ । हाइ हुइले स्वीकार गरे। ‘तर यो यथार्थ लुकेर बस्ने थियो। यदि तिमीले प्रश्न नगरेको भए।’ जसले प्रश्न गर्छ, उसले आफूलाई माझ्छ । जो बोल्छ उसले आफ्नो परिचय दिन्छ । जसले विवाद गर्छ उसले सिक्छ । आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन, केवल किताबबाट भयो त्यो पनि कि त मनु स्मृति कित हंटिङ्गट्न । कहाँ छ देश आज ? मुर्खको दौड केवल व्यक्तिका पछाडि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्च र मातहतका अदालतमा गरी एकलाख ५८ हजार मुद्दा फछ्र्योट गर्न बाँकी

  काठमाडौँ ।  सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा एकलाख ५८

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न कांग्रेसका अधिकांश महासमिति सदस्यको सुझाव

ललितपुर । यही फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यले

पार्टीभित्र अनुशासन र आचरण कडाइकासाथ पालना गराउन एमाले केन्द्रीय सदस्यहरुको माग

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण,

मुद्दाको चाप र फछ्र्योटको हालको अवस्था नै सर्वोच्च अदालतको गहन चुनौती : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र