भन् त बाबु, त्यो खुशी आमाको काखभन्दा कति किलोमिटर टाढ़ा फल्दो रहेछ ?



नारायण गाउँले ।

‘कुछ सपनों को पूरा करने निकले थे घर से,
किसे पता था कि इक दिन घर जाना ही सपना बन जायेगा !’

ठ्याक्क कसको शब्द थियो यो भन्ने याद भएन, तर जसको थियो, शायद कलमबाट होइन, मुटुको गहिराइबाटै निस्केको थियो !

त्यही अलिकति सपनाले पहाड़बाट मधेश, मधेशबाट काठमाडौं र काठमाडौंबाट सिड्नीदेखि लण्डनसम्म पुऱ्यायो तर न सपना भेटियो, न पैतालामुनि आफ्नो आँगन रह्यो !

आज घर आफैमा सपना बनेर आँखाभरि, मनभरि उदाउँछ । हिजोको सपना पूरा गर्न साधनस्रोत कम थियो, चर्को ब्याजमा ऋण खोजेर, गैरी खेत र आमाको तिलहरी बेचेर सपनाको पछाडि कुदियो ! मेरो सपनालाई नै आफ्नो खुशी बनाएर सर्वश्व सुम्पिनेहरू थिए, त्यसैले अप्ठेरो भए पनि मुश्किल भएन । हामीलाई आफ्नो सपना बनाएर कसैले हामीलाई हाम्रो सपनासम्म पुग्ने बाटो देखाइदियो !

आज ‘घर’ भन्ने सपना हिजोको जस्तो ठूलो पनि होइन । साधनस्रोत पनि कम होइन । हिजो जस्तो एउटामात्रै बाटो पनि छैन । हजारौं बाटाहरू छन् अगाडि जसले सपनासम्म सजिलै लैजान सक्छन् । कसैका आँखा हामीलाई सपना बनाएर कुरी बसेकै पनि छन् । खुट्टामा जेलनेल पनि छैन, बाटामा बाढीपहिरो पनि छैन । तैपनि खै केले रोक्छ, केले मनलाई नयाँ र झूठा बहाना खोज्न प्रेरित गर्छ ?

हिजो मुटु थियो, आज तर्क छ । हिजो समर्पण थियो, आज हिसाब छ । धन्न आमाले आजसम्म सोध्नुभएको छैन,

‘बाबु ! तैंले खोजेको खुशी भेटियो त ? भन् त बाबु, त्यो खुशी आमाको काखभन्दा कति किलोमिटर टाढ़ा फल्दो रहेछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आक्रोश

डा. गोविन्दशरण उपाध्याय । समयः ११ बजे दिउसो प्लस टू कलेजको नाम उल्लेख

यिनीहरू कहाँ चुके त ?

जेपी गुप्ता । आइतबार विराटनगरमा थिएँ । ‘कोशी प्रदेश’ नामाकरण भएकोमा आदिवासी–जनजाति समुदायको

द्वन्द्वकालीन घटनामा राजदरवार पनि जिम्मेवार

जेपी गुप्ता । सशस्त्र द्वन्द्वकाल (०५१–०६३) मा भएका वा गरिएका हत्या एवं मानवता

रामवरण र झलनाथहरुलाई उपचार खर्च किन ?

जेपी गुप्ता। मेरो यो पोष्ट पढेर धेरैलाई खुसी लाग्ला । कतिपयले त्यसबेला सजाय