अंग्रेजीपनले खोसेको आफ्नोपन, मातृभाषा जाेगाउनकाे लागि तपाइँकाे १ शेयर जरूरी छ ।



डा.गोविन्दशरण उपाध्याय

अंग्रेजीपनले खोसेको आफ्नोपन संस्कृतभाषालाई माया गर्नेले नेपालीभाषालाई माया गर्छ र नेपालीभाषालाई माया गर्नेले संस्कृतभाषालाई माया गर्छ | अंग्रेजीलाई मात्र माया गर्नेले नेपाली र संस्कृतभाषालाई मात्र होइन, संस्कृत- संस्कार – संस्कृतिलाई पनि घृणा गर्छ; मातृभाषासंग लाज मान्छ |

राजनीति मौलिक भाषा, संस्कृति तथा स्थानीयताको संरक्षणका नाममा गर्ने तर विद्यालयहरूमा भने मातृभाषा वोल्ने विद्यार्थीलाई दण्डित गर्नेहरूलाई पुरस्कृत गर्ने, अंग्रेजीको विकासका लागि मरी मेट्ने तर दोषचाहिं संस्कृतलाई दिनेहरूसंग लाज लाग्छ |

मातृभाषा वोल्ने विद्यार्थीलाई दण्डित गर्नेहरूलाई पुरस्कृत गर्ने, अंग्रेजीको विकासका लागि मरी मेट्ने तर दोषचाहिं संस्कृतलाई दिनेहरूसंग लाज लाग्छ |

नेपालमा आधुनिक शिक्षाको अर्थ पश्चिमा पद्यतिको पठनपाठन हो | अंग्रेजी सोच, अंग्रेजी संस्कृति र अंग्रेजहरूको आवश्यकतामा आधारित शिक्षानीतिलाई “आधुनिक” भन्ने गरिन्छ | यसको अर्थ हो – अंग्रेजी बोल्ने औंठाछाप पनि आधुनिक नै कहलाउँछ |

अंग्रेजीलाई “आधुनिकता” ठान्नेले संस्कृत र त्यसमा आधारित कुनै पनि विषयवस्तुलाई आधुनिक मान्न सक्दैन | आफ्नो धर्म र संस्कृतिप्रति घृणा तथा हीनताबोधको भावना पनि अंग्रेजी भाषाको पुछार समातेर नेपाली समाजमा प्रवेश गरेको हो |

अनुभवले भन्छ, अंग्रेजी विद्यालय, विश्वविद्यालयहरूमा शिक्षितदीक्षित भएकाहरू जड्याहा, चरम व्यक्तिवादी, स्वार्थी र आफ्ना मौलिक संस्कारप्रति अविश्वास गर्ने प्रबृत्तिका हुन्छन् भने संस्कृत पाठशाला वा विश्वविद्यालयहरूमा पढेकाहरू आफ्नो मौलिकताप्रति स्वाभिमान गर्छन्|

अनुभवले भन्छ, अंग्रेजी विद्यालय, विश्वविद्यालयहरूमा शिक्षितदीक्षित भएकाहरू जड्याहा, चरम व्यक्तिवादी, स्वार्थी र आफ्ना मौलिक संस्कारप्रति अविश्वास गर्ने प्रबृत्तिका हुन्छन् भने संस्कृत पाठशाला वा विश्वविद्यालयहरूमा पढेकाहरू आफ्नो मौलिकताप्रति स्वाभिमान गर्छन् |

साच्चिकै भन्ने हो भने आजको नेपाली मौलिकताको रक्षा संस्कृत वा संस्कृत र अंग्रेजी दूवै भाषाहरूको ज्ञान भएकाहरूले गरिरहेका छन् | धेरैजसो अंग्रेजीका “आधुनिक”हरू आफ्नो मौलिकताप्रति घृणागर्न र वेवास्ता गर्न निकै अगाडी देखिन्छन् | अपवाद जहाँ पनि छ |

अंग्रेजी आजको विश्वभाषा हो | हामीले भाषा जान्नुपर्छ | तर नेपालको जस्तो अंग्रेजीको लागि आत्महत्या गर्न अभिप्रेरित गर्ने शिक्षानीति विश्वभरी कतै छैन | अंग्रेजी लेख्न, पढ्न र बोल्न जानेकोमा फूर्ति गर्ने नेपाली, भारतीय र पाकिस्तानीमात्र हुन् | हामी नेपालीहरूको आफ्नोपन धर्म, संस्कृति, सभ्यता, सिप, इतिहासआदि सबै अंग्रेजीसंग भित्रिएको आधुनिकताको दम्भमा क्रमशः खरानी हुँदैछन् | रोम जलिरहेको छ, निरो मुरली बजाईरहेको छ – भन्ने उखान अहिलेको नेपाली राजननीतिसंग ठ्याक्कै मिल्छ |

हामी नेपालीहरूको आफ्नोपन धर्म, संस्कृति, सभ्यता, सिप, इतिहासआदि सबै अंग्रेजीसंग भित्रिएको आधुनिकताको दम्भमा क्रमशः खरानी हुँदैछन् |

नेपालीजस्तो विदेशीको रेमिट्यान्समा चल्ने देशका नागरिकले अंग्रेजी जानेको राम्रो नै हो तर के उनीहरूले आफ्नै जरोकिलो संस्कृत, नेपाली वा आफ्नो मातृभाषा जान्नु पर्दैन ? के अंग्रेजी विद्यालयहरूमा बालबालिकाले मातृभाषामा बोल्दा दण्डित हुनु उचित हुन्छ ? सत्य लेख्नुपर्छ, हामी एस्तो दुर्भाग्यशाली देशका नागरिक बन्न पुगेका छौँ जहाँका विद्यालयहरूमा मातृभाषा बोल्दा बालबालिकाले दण्डित हुनुपर्छ, संस्कृत पढ्नेहरूलाई पछौटे भनिन्छ र धर्म-संस्कृतिको जगेर्ना गर्ने क्रियाकलापलाई अन्धविश्वास भनिन्छ |

अन्त्यमा, अंग्रेजी मात्रै होइन विश्वको जुनसुकै भाषा सिक्दा फाइदा नै हुन्छ | त्यसमा पनि अंग्रेजी त सिक्नैपर्छ | तर अंग्रेजी सिक्नेहरू आधुनिक हुन्छन् र संस्कृत सिक्नेहरू पुरातनवादी पछौटे हुन्छन् भन्ने जुन मानसिकता निर्माण गरिएको छ, यो मानसिकता नै हामी नेपालीहरूका लागि सामुहिक आत्महत्या सरह हो | यदि समय मै हामी सचेत भएनौं भने न हामी अंग्रेज बन्न सक्नेछौँ न नेपाली नै रहन सक्नेछौँ | संस्कृत, संस्कार र संस्कृतिमा स्वाभिमान गर्न सक्ने शिक्षानीतितिर अग्रसरता लिउँ |

स्वस्ति अस्तु

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्