किन डुब्यो एक नम्बर प्रदेशको सम्भावित राजधानी ?



पूर्वको उदाउँदो शहर इटहरी शुक्रबार रातिदेखि बसीनसक्नु छ । यहाँका हाइवे सडकहरुमा सहजै हिँडडुल गर्न सक्ने अवस्था छैन । बाढीकै कारण यहाँ नेपाल टेलिकमको फोन अवरुद्ध छ ।

अधिकांश वडाहरु जलमग्न छन् । पक्की घरहरु समेत आधाउधी डुबेका छन् । रोकिएर राखेका सवारी साधन डुबेका छन् । घरमा सुतेका ६ जनालाई बाढीले बगाएको छ ।

इटहरीमा ०५३ सालपछिको सबैभन्दा ठूलो बाढी आएको अगुवाहरु बताउँछन् । तर, बाढी यो वर्ष मात्र आएको हैन । यो त बर्षेनी आइरहन्छ । केही वर्षदेखि इटहरीवासी डुबेको र राति नसुतेको पीडालाई स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्मले देखेनन् ।

व्यापारिक दृष्टिकोणले पूर्वकै नेतृत्व गर्दै आएको शहर वर्षेनी डुबिरहँदा किन मौन बस्दै आएको छ सरकार ? किन वोल्दैनन् यहाँका राजनीतिक दल ? वर्षेनी सर्वसाधारणको ओछ्यानवाट बाढी कुदिरहँदा रोकथामको सामान्य विषयबाहेक मौन बस्दै आएको उपमहानगरपालिका किन सुनाउँदैन आफ्नो मन्त्रालयलाई यहाँको वेदना ? किन गर्दैनन् माथिल्लो निकायमा पहल ? यस्ता विविध प्रश्नहरु उठिरहेका छन् इटहरीबासीका मनमा ।

उपमहानगरवासी दैनिक डुवानमा पर्दै आएको विषयमा अब कोहि नबोलेपछि जनताले बोल्ने दिन आएको छ । इटहरी जस्तो तिब्र विकास भइरहेको शहर डुब्नु चानचुने विषय होइन ।

इटहरीमा विकासको क्रमसँगै बसाइँ सरेर आउनेहरुको संख्या समेत दिनानुदिन बढिरहेको छ । इटहरी डुब्नुका कारणहरु प्रशस्त छन् । यी कारणहरुको खोजी गरी सरकारी निकायले बेलैमा ध्यान नदिने हो भने भविष्यमा इटहरी अझै ठूलो डुवानमा पर्दै जाने पक्का छ ।

इटहरीका अगुवा तथा राजनीतिक दलका प्रतिनिधिहरु इटहरीलाई प्रदेश नम्वर एकको प्रादेशिक राजधानीको दाबी गरिरहेका छन् । हो, इटहरीले राजधानी दाबी गर्नु स्वाभाविक छ । तर, राजधानी दाबी गर्ने थुपै उदाहरण बोकेर बसेको इटहरी डुवानमा पर्नु टाउको दुखाईको विषय हो ।

कसैको घरबाट बाढी कुदेको छ भने कसैको ओछ्यान दैनिक रुपमा भिजाइरहेको छ । यसरी यहाँका अधिकांश जनताले दुःख पाइरहेको घटनालाई राजनीतिक दलहरुले गम्भीर रुपमा लिएको खोई ? अरुबेला साना-साना विषयमा राजनीति गर्ने यहाँका ठूला तथा साना दलहरु के गर्दैछन् अहिले ?

के अब विचरा भन्दै सर्वसाधारणको घरमा गएर मात्रै समस्याको सामधान होला त ? यस विषयमा राजनीतिक दलहरुले आ- आफ्नो पार्टीमार्फत विकासको कुरामा ध्यान दिने हो भने अर्को वर्षदेखि इटहरीवासीले टाउको दुखाउनुपर्दैनथ्यो कि !

साना साना विषयलाई राजनीतीकरण गर्नर् पछि नहट्ने नेताहरुले समग्र इटहरीको विषयमा अहिले हातमा हात मिलाएर अगाडि बढ्न जरुरी देखिन्छ । सेहेरा खोलालाई टालटुलको काम मात्र हैन, दीर्घकालीन समस्याको सामधान खोज्न कहिले पहल गर्ने ? वर्षेनी लाखौं रुपैयाँ सेहेरा खोला रोक्न भन्दै वालुवामा पानी हाल्ने काम तत्काल रोकी दीर्घकालीन समस्याको सामधान खोज्न जरुरी छ ।

वर्षेनी आउने समस्याको सावधानको विषयमा खै त बोलेको सरकार ? इटहरीका अधिकांश सर्वसाधारणले यो कन्तबिजोक कहिलेसम्म सहने ? इटहरीका एक लाख ५० हजार जनताको हितको लागि आफ्नो पार्टीको प्रभाव देखाउनु खोज्नुभन्दा पनि सबै राजनीतिक दल मिलेर विकासमा जुट्ने बेला आएको छ ।

पैनी अतिक्रमण रोक

इटहरी डुब्ने अर्को कारण हो पैनी अतिक्रमण । इटहरीका अधिकांश पैनीहरु अतिक्रमण भएको कुरा स्थानीय सरकार उपमहानगरपालिकालाई प्रष्ट थाहा छ । तर, नियन्त्रणको प्रयासमा किन लाग्दैनन् ? इटहरीमा पैनीहरु अतिक्रण इटहरीका धनीमानीले गरेको स्पष्ट देखिन्छ । शहरका पैनीहरुमा घर निमार्ण भइरहेको छ । यसरी मनपरी तरिकाले शहरको पैनी नियन्त्रण गर्नेलाई धमाधम कार्वार्ही गर्ने हो भने केही हदसम्म इटहरी डुवान हुने थिएन ।

पैनी अतिक्रमण गर्नेहरुकै कारण आज सारा इटहरीवासी समस्यामा परेका छन् । यसरी पैनी अतिक्रमण गर्ने विरुद्ध आम सर्वसाधारणले दबाव दिने कि नदिने ? केही भुमाफियाका कारण समग्र इटहरीले दुःख पाउनु परिरहेको छ । उनीहरुलाई कडा भन्दा कडा कारवाही हुन जरुरी देखिन्छ ।

ट्याङरा खोलासमेत मिचिएका कारण साँघुरो बन्दै गइरहेको छ । जताततै जथाभावी रुपमा जग्गा दलालहरुले गरेको प्लटिङका कारणले पनि इटहरी डुबेको हो ।

त्यसैले अब इटहरी डुवायो मात्रै हैन वाँध नियन्त्रण गर, पैनी अतिक्रमण रोक जस्ता नारा लगाएर दबाव दिनु आवश्यक छ । यस्तो विषयमा हामी आम इटहरीवासीले दबाव दिने अभियानमा लाग्ने हो पो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्