ट्रम्पले गरेको विवादास्पद फोन कलका जानकार दोस्रा उजुरीकर्ता



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका अर्का एकजना जानकारले पनि उजुरी गरेका छन्।

उनका वकिल, जसले पहिलो उजुरीकर्ताको पनि मुद्दा हेरेका छन्, का अनुसार यी दोस्रा उजुरीकर्तासँग उक्त फोनवार्ताको प्रत्यक्ष जानकारी छ र उनले जासुसी निकायको अनुगमन गर्ने उच्च अधिकारीसँग पनि कुरा गरिसकेका छन्।

दोस्रो उजुरी परेपछि विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको विषयमा छानबिन अगाडि बढाएको बीबीसीले जनाएको छ । डेमोक्रेटिक सांसदहरुले वास्तविकताबारे जानकारी गराउन अमेरिकी सदन र विदेशीमन्त्री माइक पोम्पोओसँग माग गरेका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको फोन कुराकानीमा सन् २०२० मा हुने राष्ट्रपतीय चुनावमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेको भन्दै विरोध भइरहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालयले भने दुवै उजुरीका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन