हाम्रा मनोवैज्ञानिक समस्या



डा. युवराज संग्रौला ।
हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक आधुनिकता’ उपयोग गरिरहेको हाम्रो समाजमा, यी मनोवैज्ञानिक समस्याहरु ‘प्रवृत्ति भन्दा मानसिक रोगका’ रुपमा देखा परिरहेका छन् ।

१. मानिस आफूले जानूपर्ने ठाउँको बारेमा सोच्न तयार छैन, ऊ त एउटा अतृप्त दौडमा छ जहाँ कंही पुग्ने सम्भावना छैन।

. उन्नति त सम्भावनाको खोजी र प्राप्ति हो नि, तर आज नेपालीहरु संभावनाको खोजी होइन, जीवनलाई जुवा बनाउन चाहन्छ ।

. समाज त्यस्तो स्युडो ज्ञानको दास बनेको छ, जसले ठूलो चित्र देख्नै चाहँदैन र सानो चित्र देख्नै सक्दैन ।

४. मानिसले समाजको बृहत हित छोडेर एक्लै बांच्न खोज्यो भने, ऊ स्वार्थको दास भैसकेको हुन्छ।

नेपालक आजको जरो समस्या के हो भने मानिस सत्यको खोजी त परको कुरा सत्यको खोजी गर्नै चाहन्न । त्यसैले मानिस विदेशी सेनामा पुग्छ तर ऊ देशमा काम गर्न चाहन्न । ४५ लाख तिरेर कन्टेनरमा बसेर अमेरिका जान तयार छ, तर देशमा काम गर्न तयार छैन। यहाँ परीक्षामा चोर्न जमर्को गर्छ तर देशको शिक्षा ठिक छैन भन्छ । बाबुआमाले महिनाको ७० हजार शुल्क तिरेको स्कुलमा पढ्छ र देशमा सम्भावना छैन भन्छ। कसैले निर्माण गरिदिएका संकथनको भ्रममा नेपाली भिरमा लडेको बल झैं तीब्र गतीमा भ्रमको दौडमा दौडिरहेको छ, कोही कमाउने नाममा, कोही नेता हुने धुनमा, कोही सुख खोज्ने बहानामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती