हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं



डा. युवराज संगौला ।
२०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी २० जना विद्यार्थी अध्यन गर्थ्यौं । परीक्षा ‘जुडिसियल मेजिस्ट्रेटले लिने रहेछ्न।’ प्राध्यापकहरु कोही आएनन् । एकै पटकमा सबै विषय उतिर्ण गर्नुपर्ने र एक विषय मात्र बिग्रियो भने फेरि प्रथम वर्षका सबै विषयको परीक्षा दिनुपर्ने रहेछ। मलाइए यी धेरै कुरा थाहा थिएनन् । भर्ना त पाइयो तर, म नेपालीमा नोट लेखाएर पढाइएको मान्छे एकातिर र ‘प्रख्यात प्राध्यापक आ.सी. हिङ्गोरानिबाट निर्देशित संकायको मान इज्जत अर्कोतिर । लाग्थ्यो, कतै जंगलको बीचमा बाटो हराएर अत्तालिएको पथिक जस्तो ।

१. अहमद पुस्तकालय प्रमुख थिए । कानुन लगायत तीन बिषयमा स्नातकोत्तर । ‘सर, केन आइ ह्याभ सीलेबस?’ उन्ले मेरा मुखमा हेरेर दुईपानाको सेलेबस दिए । बिषयको नाम र केही टपिक्स । ‘यनि प्रेस्क्राब्ड टेक्स्ट बुक।’ उनले औंला धुमाउदै सबै पुस्तकालय देखाए।’ मेरो आँखा आफ्नै असक्षमता र अविश्वासका बादलले ढाकेको अनुभूति भयो । ‘के सकिएला र ?’ २९ वर्षमा १७ जना पास र एक जना प्रथम श्रेणी आज सम्म । उनलाई भारतीय कानुन आयोगले प्रथम श्रेणीको जागिर तत्कालै लग्यो अरे ।

. होस्टलमा फर्किएँ । झन्डै झन्डै बोरा बिस्तार बाँधेर हिडेको । तर घर आउँदा लाज, अन्त जाने ठाउँ थिएन । आलुको चोखा, मुखमा हाल्दा घाँटी पोल्ने पिरो भेन्टाको तरकारी र माड फ्याँकेको भात । त्यो पनि भुँडी कन्याउँदै हातले थालमा फ्यात्त हाल्ने बिहारी संस्कृति ।

३. जीवन अब पुस्तकालयमा । सर, … पुस्तक कता होला ? … नम्बरको र्याकको माथिल्लो खण्डको बीचमा । अहमदलाई २२००० किताबको डेरा थाहा थियो । पढेपछि टेवलमा किताब छोड्नुपर्ने । सात बजेपछि, उनी चाबीको झुत्तो थमाउँदै भन्थे । ‘जाते समय, गेटमें चपरासी देना हां ?’ चपरासीके एक कप चिया र लिटी ल्याइदिन्थे। १२ बजे १ बजे सम्म पुस्तकालयमा । दुई तीन जना हाम्रो जीवन बिहान कक्षा बाहेक पुस्तकालयमा बित्यो । कति किताब पढियो थाहा छैन।

४. परीक्षा भयो इन्दिरा गान्धीको हत्याका समयमा । होस्टल बन्द, मेस बन्द । जुलुस, मारामार । होस्टल भित्र पसेर पुलिसको पिटाइ, ‘म त नेपाली हुँ । मैले नारा लगाएको छैन ।’ कार्ड देखाओ । ‘ए तो एलएलएम का विद्यार्थी है।’ छोड्दो, ए नेपाली लोग इमान्दार होते हैं।’ रिजल्ट आयो, एक्लै उत्तीर्ण अब दोस्रो वर्षमा एक्लो विद्यार्थी, छ जना प्रोफेसर । अनौठो अनुभव ।

५. एक दिन चपरासीले कोठामा आएर भन्यो, ‘सर आप तुरन्त बढे सापके यहाँ जाइए, बुलाया है।’ म गएँ । ‘अन स्याटर डे, यु आर गोइङ्ग टु दिल्ली विथ मी । अहमद साब विल गिभ यु रैलटिकेट।’ दोहोरो कुरा गर्ने हिम्मत प्राध्यापक पनि गर्दैनथे, उनीसँग । अक्स्फोर्डको आगन्तुक प्राध्यापक र सात महिना हेग र लन्डनमा हुन्थे। उनले मलाई एकवर्षमा सात वटा लेक्चर दिए, र अरुको भनाइमा यो संख्या ठूलै हो । गइयो । उनका छोरा मेडिकल स्टुडेन्ट पनि साथमा थिए। फ्रस्ट क्लासको टिकट। रातभर गफमै बित्यो हाम्रो। उनी आरामसँग सुते।

. दिल्लीमा भोलिपल्ट उनले मलाइ तीनवटा नटसल पुस्तक दिए अन्तर्रास्ट्रिय कानुनका । ‘रिड एन्ड मेक ए गूड नोट।’ मैले रातभर पढें र सकेसम्म राम्रो लेखाइमा नोट बनाएँ । बिहान ९ बजेदेखि दिल्ली विविको अडिटोरियममा भारतीय अन्तर्राष्ट्रिय कानुन समाजको सम्मेलन थियो । हामी दुईजाना गयौं । मैले नोट दिंएँ । उनले अहिले राख भने। पहिलो सेसनको एक प्रस्तुतकर्ता उनी थिए। उनको समय १५ मिनेट थियो , ‘इन्डिया सुड हेल्प नेबोर्स इन दियर ट्रान्सिटको ट्रेड गुड्स।’ खास गरि नेपाललाई । उनले सात मिनेट बोले, र अचानक भने ‘बाँकी मेरो विद्यार्थी संग्रौलाले बोल्ने छ।’ म फेन्ट हुन हुनबाट बच्दै ट्वाँ परें । हातले इसारा गर्दै ‘जाउ’ भने। म गएँ । पोडियम जाँदा सोचें । ‘नोटको अर्थ त यो पो रहेछ।’ मैले नडराइ आफ्ना कुरा राखें । बेस्मरी ताली पनि पाएँ । पसिनाले भिजेको अनुहार लिएर उनी पछिल्लो सिटमा फर्किंदा, उनले हात मिलाए । ‘स्टार्ट थिंकिङ्ग राटिङ्ग थेसीस अन युआर कन्ट्रीज पिस जोन प्रपोजल।’ मैले यही बषयमा थेसिस लेंखे। तर ‘लोकतान्त्रमा यो काङ्ग्रेस र कम्युनिस्टलाई पचेन।’ उनीहरु भन्थे ‘यो राजतन्त्र बलियो बनाउन ल्याएको हो। राजतन्त्र जनता हटाउन सक्थे तर हामीले एकताद्वारा देशलाई पिस जोन बनाउन सकेको भए, नेपालले आज जस्तो बिदेशीको खेलको शिकार भै ‘आत्मनिर्णयको अधिकार प्रयोग गर्ने असफल हुनुपर्ने थिएन।’

भारतमा नेपालको स्वतन्त्रताको सम्मान गर्ने अनेकौ बौद्धिकहरु छन् । एसडी मुनि जस्ता मात्रै छैनन् । तर हामीले आफूलाई चौकिदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं । यदि भारतसँग सहअस्तित्वको खोजी गर्ने र आत्मनिर्णयको अधिकारको निर्वाध प्रयोग गर्ने हो भने हामीले ‘अन्तर्राष्ट्रिय कानुन र तर्कमा दक्ष अन्तर्राष्ट्रियस्तरका कानुनविदहरुको उत्पादन गर्नुपर्छ। हामी हाम्रो देशको रक्षा गर्न सक्छौं । त्यसैले विद्वताको अपमान गर्ने राजनीतिका विरुद्ध बोल्न सक्नुपर्छ र ‘चाकरीको झोला फ्याँक्नुपर्छ। हामीले व्यक्तिको खोजी र खेती होइन विचार र विज्ञताको खोजी गर्नुपर्छ। त्यसैले अब गीतको भाका बदलौं ‘म एउटा विचार खोजी रहेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न