हिन्दूकट्टरताको बहस



डा. गोविन्दशरण उपाध्याय ।
भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विन्दास हिन्दू–जीवनशैलीले भारतीय धर्मनिरपेक्षतावादी, धर्मनिरपेक्षतालाई प्रयोग गर्ने कट्टरपन्थी मुस्लिम, इसाई तथा अम्वेडकरवादीहरू आतंकित भएका छन् । त्यो आतंकका बाछिटाले नेपाली धर्मनिरपेक्षतावादीहरूका पनि मनोबैज्ञानिक आतंक देखिन्छ । नेपाली राजनीतिमा भारतीय राजनीतिको कस्तो र कहाँसम्म हस्तक्षेप छ, त्यो नेतृत्वमा रहेकाहरूले बुझुन् र ‘मम’ भनुन् तर नेपाली बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म, संस्कृति, परम्परा तथा पद्यतिहरूमा गरिएका घूसपैठ र धार्मिक, सांस्कृतिक आक्रमण विरुद्ध प्रतिक्रिया दिंदै गर्दा वास्तविक धर्मनिरपेक्षतावादी खेमा र स्वार्थका लागि धर्मनिरपेक्षताको मुकुण्डो लगाएकाहरू ‘समानता, सहअस्तित्व तथा लोकतान्त्रिक संस्कारहरूको रोइलो आरम्भ गरेका छन् । केही परिचित पत्रकार तथा राजनैतिक अनुहारहरूले हिन्दूहरूलाई ‘सहिष्णुता’ उपदेश नै दिएको सुनियो । त्यो उपदेश, धम्की वा कुण्ठाको निकास हो ? भन्न गाह्रो छ ।

भन्नका लागि नेपालमा हिन्दूहरूको वहुमत छ तर यो अभिमत सुप्तप्राय छ र साम्यवादी, समाजवादी, जातीवादी तथा डलरवादी खेमामा छरिएको छ । बहुमतको महत्व केवल नेताहरूका लागि हुन्छ । विश्वको जुनसुकै सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनैतिक परिवर्तन बहुमतका कारण होइन अल्पमतका कारण हुन्छ । बहुमत सधैं परम्परावादी, शान्त तथा सधैं बगिरहेको खोला झैं हुन्छ । त्यो शान्त र स्वच्छ खोलालाई सजिलैसंग धमिल्याउने, धार परिवर्तन गराउने काम ‘खहरेहरू’बाट हुन्छ ।

विश्वमा जति अशान्तिहरू छन्, ती सबै अल्पमतबाट उत्पादन भएका छन् । बहुसंख्यक समुदाय ‘क्रान्तिकारी, आतंककारी, परिवर्तनकारी’को सङ्घर्षको छातामा आफैं समेटिन पुग्छ । अल्पमतको ‘जुझारुपन’का आगाडी बहुमतले सधैं निहुरिएर आधिपत्य स्वीकार गर्छ । उदाहरणका लागि माओवादीहरूले युद्धको अभ्यास गरिरहंदा नेपालको ठूलो ‘जनसंख्या’शान्ति प्रिय र भीरू (डरपोक) थियो । माओवादीमा लागेर ‘सङ्घर्ष’ गर्नेहरू त्यस बखतको नेपाली जनसंख्याको नगण्य प्रतिनिधित्व गर्थ्यो । त्यसवेलाको शान्ति–प्रिय ठूलो जनसंख्याले ‘डर वा वेवास्तापन’का कारण सजिलैसंग माओवादीको छातालाई स्वीकार गर्यो ।

संसारको जनसंख्या मध्ये ९०% जनताहरू शान्ति प्रिय, परम्परावादी, आफ्नो बाटोमा खुरुखुरु हिड्ने हुन्छन् । संसारका करोडौं मुसलमानहरू शान्ति–प्रिय छन् तर त्यहींभित्रका केही हजार ‘कट्टरपन्थी’हरूको क्रान्तिकारिताका कारण विश्वका ‘शान्ति–प्रिय’ बहुसंख्यकले मुसलमानहरू कट्टरपन्थी हुन्छन् भन्ने मनोविज्ञान बनाएको पाइन्छ । यसैगरी, नेपालको ८२% जनसंख्याको प्रतिनिधित्व हिन्दू–समुदायले गर्छन् तर केवल १.५% इसाईहरूले नेपालको सार्वजनिक संकथनमा “नेपालको प्रमुख धार्मिक समूह“मा आफुलाई दर्जामात्र गराएको छैन कि अल्पसंख्यकका रूपमा सधैं चर्चित पनि हुने गर्छ ।

असलमा, नेपालको ८२ % हिन्दूहरू शान्ति–प्रिय भएकै कारण आफ्नो मौलिक थलोबाट आफ्नै अस्तित्वमा प्रहार हुँदा समेत ‘कंग्रेस, कम्युनिस्ट, समाजवादी, मानवतावादी, धर्मनिरपेक्षतावादी वा उपेक्षावादी भएर आफ्नो अस्तित्वलाई आफै चुनौति दिंदै छ । बहुमत हिन्दूहरूले आफूभित्र रहेका ‘क्रान्तिकारी र पहिचानवादी’ हिन्दू समुदायको समर्थन गर्दैनन् । अन्य धार्मिक र सांस्कृतिक समुदायहरू थोरै छन्, तेसैले तिनले नेपाली समाजमा आफ्नो ‘हैसियत’ स्थापित मात्र होइन बहुसंख्यक हिन्दू तथा बौद्धका मौलिक प्रतिमान तथा आदर्शहरूउपर प्रत्यक्ष आक्रमण गरेर निमिट्यान्न पार्ने युद्धक्षेत्रमा कार्यरत छन् ।

–शान्तिप्रिय, सज्जन तथा बहुलतावादमा विश्वास गर्ने ‘परम्परागत’ हिन्दू तथा बौद्ध समुदायले आफ्नो ‘चिता जलेको आफै हेर्न सक्छ तर चुईक्क’ बोक्दैन । त्यसैले यो समुदायभित्रका ‘क्रान्तिकारीहरू, कट्टरपन्थीहरू तथा आफ्नो अस्तित्वको रक्षा गर्ने सङ्घर्षलाई बुझेकाहरू ‘चूप’ लाग्नु हुँदैन । विश्वको इतिहास साक्षी छ, शान्तिप्रिय बहुसंख्यकहरूले पनि आफ्नो मौलिक अस्तित्व ‘सानो समूहका क्रान्तिकारी र कट्टरपन्थी’बाट नै जोगाएका हुन्छन् । यदि पाकिस्तान वा अफगानिस्तानमा सानो हिन्दू–समुदाय जीवित छ भने त्यो तिनीभित्र भएको ‘क्रान्तिकारिता र कट्टरपन्थ’ले नै हो ।

कट्टरपन्थी विचार, कट्टरपन्थी स्वभाव, कट्टरपन्थी व्यबहारको बलियो विकास र प्रवर्धन नगरेसम्म नेपालको मौलिक हिन्दू –पहिचान र इतिहासको रक्षा हुनै सक्दैन । मुस्लिम वा इसाई विरुद्ध भौतिक वा बैचारिक आक्रमण गर्दैमा बहुसंख्यकको रक्षा हुँदैन । असलमा, जुन जागिसकेका छन्, ती अगुवाहरूले बहुसंख्यक हिन्दूहरुका विचबाट ‘क्रान्तिकारी, कट्टरपन्थी तथा जागरुक’हरूलाई खोजेर परिवर्तनको लागि सङ्घर्षमा उतार्नु पर्छ । जुन बखत, अन्य कट्टरपन्थीहरू भन्दा ‘हिन्दू कट्टरपन्थी’को बाहुवल बढी हुने छ, निरपेक्षवादी हिन्दूहरू पनि सर्लक्क ‘हिन्दूत्व’का पक्षमा उभिने छन् । अन्य समुदाय स्वतः पराजित हुने छ । राजनीतिको नियम यही हो ।

विश्वास गर्नुस्, शान्तिप्रिय बहुसंख्यक सधैं ‘निरपेक्ष’ हुन्छन् र यस्तो निरपेक्षताको अन्त्य अल्पसंख्यकको ‘छाता’मा हुन्छ । अहिले हिन्दू समुदायको चुनौति नै ‘हिन्दू चिन्तन र व्यवहारमा प्रतिबद्ध कट्टरतावादी शक्ति’ उत्पादन गर्नु हो । जुन बखत हिन्दू–समुदायबाट ‘जागरुक’ प्रतिबद्धता तथा क्रान्तिकारी स्वभावका साथ बाहिर निस्कने छन्, नेपाली बहुसंख्यक नेपालीहरूले आफ्नो मौलिक पहिचान सुरक्षा हुने छ र सम्मान पनि हुने छ ।

नेपाली हिन्दू–बौद्ध समाजले इतिहासमा ‘कट्टरपन्थीहरू’को आक्रमणमा परेको थोरै इतिहास छ । सन् १३४९ मा समसुद्दिन इलियासले पशुपतिनाथको मन्दिर तथा बौद्धनाथको मन्दिर तोडेर कट्टरताको परिचय दिएंको थियो । तर उसको कट्टरताले काठमाडौं उपत्यकालाई जगाउन सकेन भने नेपालको अन्य भागका ‘हिन्दू तथा बौद्ध’हरूलाई जगाउन सकेन । बौद्ध र हिन्दूहरूमा स्वधर्म, संस्कृति तथा धर्मको सुरक्षाका लागि कुनै ‘सक्रियता वा जागरण’ देखिएन । अहिलेको नेपाली हिन्दू–जनसंख्या तन्द्रित वा धर्मनिरपेक्षतावादको विषाक्त मोहनीमा परेको छ । तर आगन्तुक संस्कृति र धार्मिक समुदायहरू आफ्नो ‘कट्टरपन्थी चिन्तन र व्यबहार’लाई धर्मनिरपेक्षताको छातामुनि लुकाएर आफ्नो ‘कट्टरता’को सुरक्षामात्र होइन प्रवर्धन गर्दैछन् ।

पछिल्लो समयमा, धर्मनिरपेक्षवादी तथा समाजवादीहरूले हिन्दूहरूलाई “मुसलमान वा इसाई“जस्तै कट्टरपन्थीबाटोमा नलाग्न आग्रह गरिरहेका मात्र छैनन् अपितु छिमेकी देशमा विस्तारित हुँदो हिन्दू–जागरणलाई समेत नकारात्मक शक्तिकारुपमा देखाएर“ कट्टरपन्थीहरूको सुरक्षा गर्दैछन् । अर्कोतिर, हिन्दूहरूलाई जातिवाद, नश्लवाद तथा महिला अमित्र भएको आरोप प्रमाणित गर्न सङ्गठित ‘प्रशिक्षण’ दिंदैछन् । यो काममा राजनैतिक समाजवादी तथा जातिवादीहरूलाई परिचालित गरिंदै छ । यस्तो अवस्थामा हिन्दूहरूले अब आत्मरक्षाको लागि “कट्टरतावाद“को अवलम्बन नगरेर हरेक पल वैदिक संस्कृतिलाई सोत्तर परिरहेको ‘कट्टरतावादी र हिन्दुहरूलाई गालीगलौज गरेर हिन्दू–विरोधीहरूलाई रिझाउने राजनैतिक नेताहरूको’ विनम्र सेवकाई मात्र गर्नु पर्ने हो ? प्रश्न र प्रश्नको उत्तर संगै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जनको अभियोगमा पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन

एमाले प्रतिनिधि परिषद् वैठकः इमान्दारलाई अगाडि बढाउन अनैतिक, भ्रष्ट र अनुशासनहीनमाथि कारबाहीमा जोड

  काठमाडौँ । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा

कतारी अमिर नेपाल आउँदा विपिन जोशीको रिहाइकाबारेमा कुरा गर्छुः प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको

आगलागीबाट अर्घाखाँचीमा ४३ र गुल्मीमा ६७ भन्दाबढी घरगोठ जलेर नष्ट, करोडौंको क्षति

गुल्मी ।  गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक