वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको शानदार जित



काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ ।
कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो ।
नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे ।
यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए ।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हत्या, ठगी जस्ता गम्भीर आपराधिक मुद्दामा समेत सत्तामा हुँदा र नहुँदा पूरै उल्टो अडान पनि हुन्छ र ?

नारायण गाउँले । गत माघमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई १७ वर्षका विद्यार्थीको

मधेस प्रदेशबाट समपूरक र विशेष अनुदानका लागि परेन प्रस्ताव

काठमाडौँ ।  आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका

नारायणगढ–मुग्लिन सडकमा थप चार पुल बन्दै

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम