युक्रेनमा विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु, तीनजना घाइते



 

युक्रेनमा विमान अवतरणकाक्रममा दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणकाक्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको हो ।द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनास्थलबाट तीनजनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ । युक्रेनी आपत्कालीन सेवा सम्बद्ध अधिकारीले चालकदलका सदस्यहरूमध्ये तीनजनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

उक्त विमान किभस्थित युक्रेनी कम्पनी युक्रेन एअर अलाएन्सद्वारा सन्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो । विमान इन्धन खाली भएपछि दुर्घटना भएको अनुमान छ ।

युक्रेनी आपत्कालीन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन