न्यूयोर्क र सिङ्गापुर विश्वका सबैभन्दा महँगा सहर, अरु कति नम्बरमा ?



न्यूयोर्क र सिङ्गापुर विश्वका सबैभन्दा महंगा सहरको सूचीमा परेका छन् । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले यी दुई सहर विश्वका महंगा सहरको सूचीमा परेका हुन् ।

त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा माथि आएको हो । गतवर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । इआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८.१ प्रतिशतले बढेको छ ।

मुद्रास्फिति ८६ प्रतिशतले बढेर इस्तानबुलमा महँगी उच्च छ भने ब्युनस एरिज र तेहरानमा त्यो क्रमशः ६४ र ५७ प्रतिशतले बढेको छ। न्यूयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महंगी एउटा कारण मानिएको छ।

अमेरिकामा महंगी ४० वर्षयताकै उच्च तहमा पुग्दा यो वर्षको सुरुमा लस एन्जलस र सान फ्रान्सिस्को समेत शीर्ष १० मा परेका थिए।

बलियो बनिरहेको अमेरिकी डलर समेत अमेरिकी सहरहरू अगाडि देखिनुका कारण हुन्। मस्को र सेन्ट पिटर्सबर्ग ८८औँ र ७०औँ सूचीबाट क्रमशः ३७औँ र ७३औँ स्थानमा उक्लिएका छन्। जसको आंशिक कारण रुसले युक्रेनमा गरेको आक्रमणपछि भएको पश्चिमा प्रतिबन्धलाई ठानिएको छ ।

सर्वेक्षणले १७३ सहरमा वस्तु र सेवामा हुने खर्चलाई अमेरिकी डलरमा तुलना गर्छ। यो वर्षको समीक्षामा किएभलाई समावेश गरिएको छैन। इआईयूले २०० भन्दा धेरै वस्तु तथा सेवाका ४०० भन्दा धेरै मूल्यलाई विश्वभरका १७२ सहरमा राखेर तुलना गरेको थियो।

यस अध्ययनको नेतृत्व गरेकी उपासना दत्तले युक्रेन युद्ध, रुसमाथिको पश्चिमा प्रतिबन्ध र चीनको शून्य कोभिड नीतिले आपूर्तिचक्रको समस्या सिर्जना गरेको जनाएकी छन्।
सन् २०२२ मा सबैभन्दा महंगा सहर

१. न्यूयोर्क, १. सिङ्गापुर, ३. तेल अभिभ, ४. हङकङ, ४. लस एन्जलस, ६. जुरिक, ७. जिनिभा, ८. सान फ्रान्सिस्को, ९. प्यारिस, १०. सिड्नी १०. कोपेनहेगन ।

सन् २०२२ मा सबैभन्दा कम महंगा सहर

१६१. कोलम्बो, १६१. बङ्गलुरु, १६१. अल्जिअर्स, १६४. चेन्नई, १६५. अहमदावाद, १६६. अल्मटी, १६७. कराची, १६८. तासकन्द , १६९. टुनिस, १७०. तेहरान, १७१. ट्रिपोली, १७२. दमास्कस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी

गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

इजरायल र हमासबीच काएरोमा वार्ता

बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका