इजरायल र हमासबीच काएरोमा वार्ता



बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका छन् । तेल अभिभमा प्रदर्शनमा उत्रिएकाहरूले ‘युद्ध होइन जीवन पवित्र हो’ भन्दै नारा लगाएका थिए ।

कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध लम्ब्याउन चाहेको आरोप समेत लगाए । बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी काएरोमा इजरायल र हमासबीच शान्ति वार्ता सुरु भएको छ ।

शनिबार सुरु भएको वार्तामा उल्लेख्य नयाँ प्रगति नभएको तर आइतबार नयाँ चरणको वार्ता जारी रहने एक जना हमासका अधिकारीले बताएका छन् । यसअघि हमासका अर्का एकजना अधिकारीले गाजामा दिगो युद्ध अन्त्य गर्ने बाहेकका कुनै पनि प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने बताएका थिए ।

तर पछिल्लो वार्ता सम्बन्ध प्रस्ताव प्राप्त भएपछि आफूहरूको वार्ता टोली सकारात्मक भावका साथ काएरो प्रस्थान गरेको हमासले बताएको थियो । अर्कोतर्फ, इजरायल सरकारले सहमति भए वा नभए पनि रफाह सहरमा आक्रमण गर्ने आफ्नो योजनालाई अघि बढाउने बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त लडाकू समूहले युद्धविरामका लागि धेरै सोच्न नपर्ने बताएका छन् ।

वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ । अक्टोबर ७ मा हमासले कडा अवरोध तोडेर गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार