श्रीलङ्कामा मङ्कीपक्सको परीक्षण सुरू



श्रीलङ्का स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मङ्कीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

ती अधिकारीले सिन्ह्वालाई बताएअनुसार विश्व स्वास्थ्य संगठनले उक्त प्रयोजनका लागि परीक्षण किट उपलब्ध गराएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण गर्न थालेको हो ।

परीक्षण राजधानी कोलम्बो र केन्द्रीय शहर क्यान्डीमा गरिएको थियो । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत महिना आधिकारिक रूपमा घोषणा गरेअनुसार अफ्रिका क्षेत्रभन्दा बाहिर हालको बहु–देशीय मङ्कीपक्स प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालमा परिणत भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली