ब्रिटिश प्रधानमन्त्री जोनसनले गरे विवाह



ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेका छन् । केही वर्षदेखि सँगै रहेका उनीहरू शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको हो । प्रधानमन्त्री कार्यालयले भने यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ ।

काम र निवृत्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन् । द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ । इङ्ग्ल्याण्डमा लगाइएका कोभिडका प्रतिबन्धका कारण त्यो उक्त समारोहमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या हो ।

क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएका उक्त पत्रिकाले जनाएको छ । ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा ५६ वर्षीय प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन् ।

शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन् । सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए । गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए । उनीहरूले छोरो विलफ्रिड गत अप्रिलमा जन्मिएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान

  साइप्रसका विदेशमन्त्रीले  मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा

रफाहमा इजरायलको कदमले युद्धविराम वार्तालाई अवरोध गर्ने उद्देश्य राखेको हमासको भनाइ

  हमासका एक अधिकारीले बिहीबार इजराइलमाथि प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा टापु बन्द

  व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको राष्ट्रिय

‘पश्चिमी सम्भ्रान्तहरू’ ले विश्वभर द्वन्द्व फैलाएको पुटिनको आरोप

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक शक्तिहरू सधैँ ‘सतर्क’ रहेको भन्दै रुसले पश्चिमबाट