गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान



 

साइप्रसका विदेशमन्त्रीले  मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा अमेरिकाद्वारा निर्मित घाटतर्फ गइरहेको बताएका छन् । अमेरिकाद्वारा गाजामा निर्मित र्याम्पमा यो पहिलो डेलिभरी हो ।

गाजामा मानिसहरू अनिकालको सङ्घारमा छन् । इजराइली सेनाले गाजाको दक्षिणी सहर रफाहबाट एक लाख प्यालेस्टिनीलाई निस्कन आदेश दिएपछि संयुक्त राष्ट्रसङ्घले राहतको अत्यन्तै आवश्यकता रहेको बताएको छ । यसै साताको प्रारम्भमा इजराइलले प्रभावित क्षेत्रमा सहायता प्राप्त गर्न आवश्यक महत्त्वपूर्ण क्रसिङलाई बन्द गर्दै इजिप्ट नजिकैको रफाह क्रसिङ कब्जा गर्न ट्याङ्क पठायो ।

युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयासहरू जारी रहेका बेला इजराइलले रफाहमा पूर्ण आक्रमण सुरु गर्छ वा गर्दैन भन्ने अनिश्चित छ । इजराइलले दक्षिणी इजराइलमा लडाकू समूहको अक्टोबर ७ को आक्रमणपछि हमासलाई समाप्त पार्ने उसको लक्ष्यका लागि रफाहमा आक्रमण महत्त्वपूर्ण रहेको बताएको छ ।

रफाह आक्रमणको विरोध गरेको संयुक्त राज्य अमेरिकाले सर्वसाधारणलाई बाहिर निकाल्ने र उनीहरूको सुरक्षाका लागि इजराइलले कुनै विश्वसनीय योजना प्रदान नगरेको बताएको छ ।

साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोसले धेरै आवश्यक मानवीय सहायताले भरिएको अमेरिकी जहाज सामुद्रिक करिडोरमार्फत गाजामा सकेसम्म धेरै सहायता हस्तान्तरण गर्ने उद्देश्यले प्रस्थान गरेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा तटभन्दा धेरै किलोमिटर टाढा फ्लोटिङ प्लेटफर्म निर्माण गर्न आदेश दिएको करिब दुई महिनापछि यो ढुवानी भइरहेको छ ।

यद्यपि मानवतावादीहरूले सामुद्रिक मार्गबाट आउने सहायता गाजामा गम्भीर मानवीवय पीडा कम गर्न पर्याप्त नहुने भन्दै सहायता प्राप्त गर्ने प्रभावकारी तरिका स्थल मार्ग भएको बताएका छन् ।

यो साता रफाह क्रसिङ र नजिकैको केरेम शालोम क्रसिङ बन्द हुँदा सहायता खाद्यान्न, आपूर्ति र इन्धनका ट्रक र जेनेरेटहरूका लागि प्रवेश बन्द भयो । गाजा वरपर मानवीय अभियान र अस्पताल बन्द हुनुभन्दा अघि आफूहरूसँग केही दिनका लागि मात्र इन्धन रहेको सहायता समूहहरूले चेतावनी दिएका छन् ।

इजराइलले बुधबार केरेम शालोमलाई पुनः खोलेको बताएको छ । हमासको मोर्टारले नजिकैका चार इजराइली सैनिक मारिएपछि उक्त क्रसिङलाई इजराइलले बन्द गरेको थियो । यद्यपि कुनै पनि ट्रक गाजातर्फ प्रवेश नगरेको सहायता समूहहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी