कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा टापु बन्द



 

व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ ।
कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ हुन्छ ।

सामान्यतया समुद्रको सामान्य तापक्रमभन्दा धेरै र पराबैजनी विकिरणमा वृद्धिका कारण ब्लिचिङ हुन्छ । तापक्रम घटेपछि र समुद्रको अवस्था सामान्य हुँदा समयसँगै कोरलहरू ब्लिचिङबाट निको हुनसक्छन् ।

हालैका साताहरूमा घातक गर्मीका कारण थाइल्यान्ड र एसियामा तापक्रम बढेपछि टापु बन्द गरिएको हो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी) ले समुद्र पानीको तापक्रम बढेकाले फुकेटमा सिरिनर्ट राष्ट्रिय निकुञ्ज वरपर प्लिङ टापु र कोरल चट्टानहरूलाई अस्थायीरूपमा बन्द हुने बताएको छ ।

कोह चाङ, कोह समेट, चुम्फान, कोह सुरिन, फाङ नगा खाडी, फि फि टापु र लान्टाका राष्ट्रिय निकुञ्जहरूको पनि अनुगमन गरिरहेको विभागले बताएको छ ।

विश्वले अहिलेको समय १० वर्षमा दोस्रो ठूलो कोरल ब्लिचिङ घटनाको अनुभव गरिरहेको भन्दै युएस नेसनल ओसनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) ले गत महिना चेतावनी दिएपछि यो समाचार आएको हो । अस्ट्रेलियादेखि फ्लोरिडासम्म चट्टान प्रणाली महिनौँको कीर्तिमानी सामुद्रिक गर्मीपछि सङ्घर्ष गरिरहेको एनओएएले बताएको छ ।

सन् २०२३ मा दुई करोड ८० लाख पर्यटक आएका थाइल्यान्डका पार्कहरू आवधिकरूपमा बन्द हुन्छन् । धेरै पर्यटकहरू प्राचीन सामुद्रिक तटको आनन्द लिन आएका थिए ।

मानव–प्रेरित जलवायु परिवर्तनले थप लगातार, लामो र अधिक तीव्र गर्मीको लहर उत्पन्न गर्ने भन्दै वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ । एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी

खराब मौसमका कारण श्रीलङ्कामा हजारौं प्रभावित

तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी मानिस प्रभावित भएको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।