भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने



भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए ।

खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् । निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन/चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए ।

भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ । कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपंक्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो । दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको उनले बताए । उनका अनुसार भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ ।

भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको यो सङ्ख्या अघिल्लो दिनको भन्दा धेरै हो । भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि थप राम्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली