अस्ट्रेलिया नकआउट चरणमा



काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले समुह चरणको अन्तिम खेलमा डेनमार्कलाई हराउदै नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट राउण्डमा पुगेको हो । अस्ट्रेलियाको जितमा खेलको ६०औं मिनेटमा म्याथ्यु लेकीले गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

यो जितपछि अस्ट्रेलिया ३ खेलमा ६ अंकसहितसहित उपविजेता बनेर नकआउट राउण्डमा पुगेको छ । यस समुह डी बाट फ्रान्स यस अघिनै नकआउट चरणमा पुगेको छ ।

फ्रान्सले समुह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको हार बेहोरेको भएपनि ३ खेलमा ६ अंक हासिल गरेर समुह विजेता हुदै नकआउटमा पुगेको छ ।

यस समुहबाट ट्युनिसिया र डेनमार्क बाहिरिएका छन् । ट्युनिसियाको ३ खेलमा ४ अंक रहेको छ भने डेनमार्कको ३ खेलमा १ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि