स्पेनिस ला लिगामा बार्सिलोनाको जित



काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल अन्तरले हराएको छ । नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे ।
खेलको २२औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो । ह्युगो डुरोले २७औं मिनेटमा गोल गरे । ३८औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सि गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफ पुरै दबाबमा प¥यो । जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे । उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जीतका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ । ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम ललितपुर मेयरकप क्रिकेटको फाइनलमा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको