लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि



 

काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

लुम्बिनीले दिएको एक सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो ।

कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए । त्यस्तै दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले पाँच विकेट लिए भने नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय १६ रनको योगफल बनाएको थियो ।  लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए । उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए ।

कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले समान दुई ÷दुई विकेट लिए । त्यस्तै प्रकाश जैशीले एक विकेट झारे ।

यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान आठ ÷आठ  अङ्क जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ