नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरी



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने नेदरल्यान्ड्सले लिएको थियोे । खेलको छैटौँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेका छन् । नेदरल्यान्ड्सले दुई खेलमा ४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

समान खेल खेलेको इक्वेडर ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २–० ले नै हराएको थियो । यस समूहमा सेनेगल ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट आयोजक कतार भने लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि