प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टोली आर्मी र पुलिस विजयी



काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आआफ्नो खेलमा विजयी भएका छन् । आर्मीले प्रदेश नम्बर १ लाई चार विकेटले तथा पुलिसले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ले ब्याटिङ गर्दै ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनायो । एक सय ३२ रनको विजय लक्ष्य आर्मीले २९ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३६ रनको योगदान दिए ।

यस्तै भीम सार्कीले २९, राजेश पुलामीले अविजित २४ तथा लोकेश बमले १३ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभाङ्कर उरावले एक एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि विवेक मेहताले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहव आलम एक्लैले चार विकेट लिए । यस्तै आकाश चन्दले तीन विकेट लिए । जितसँगै आर्मी तीन खेलमा ६ अङ्कका साथ सेमिफाइनल नजिक पुगेको छ । तीन खेलमा हार बेहोरेको प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको अर्को खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको विजय लक्ष्य पुलिसले १७ दशमलव एक ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । पुलिसका लागि सुनील धमलाले ५७ तथा कुशल भुर्तेलले अविजीत ५१ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमका खड्क बोहोराले ४०, सञ्जु धाँमीले ३५, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका सागर ढकालल र दीपेन्द्रसिंह ऐरीले चार चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि