प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली र लुम्बिनी विजयी



काठमाडौ । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उसका लागि हिमांशु शाहीले ६८, विपीन रावलले ४९, हेमन्त ओलीले २९ तथा राज शाहले ३२ रन बनाए ।

बलिङतर्फ गण्डकीका विपीन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो ।

उसका लागि अर्जुन कुमालले ४६, राहुल उपाध्यायले ५३, कप्तान विपीन खत्रीले ३२, दिनेश बुढामगरले १० तथा विशाल पौडेलले १५ रनको योगदान दिए। बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई/दुई तथा रविन्द्र शाहीले एक विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनायो । लुम्बिनीका लागि सन्दीप रजाइलीले सर्वाधिक ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६, विक्रम भुषालले ३६, सन्दीप सुनारले ११ तथा कृष्ण कार्कीले १० रन बनाए ।

बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले तीन तथा दिव्यांशु मल्लिकले दुई विकेट लिनुभयो । २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो ।

प्रदेश–२ का लागि सुधीर चौधरीले ४२, हरिशङ्कर साहले २२, मेहबुब आलमले ३१ तथा विवेक यादवले ५१ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार, दीपेन्द्र रावतले दुई तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले एक एक विकेट लिए ।

तेह्रौँ सागका सबै समिति विघटन

गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री दावा तामाङको अध्यक्षतामा बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

तेह्रौँ साग आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समिति, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३औँ साग कार्यकारी समितिको सचिवालय सोमबारदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३औँ सागको सफलताका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद् तथा युवा तथा खेलकूद, अर्थ, गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ लगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आयोजक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको राखेप प्रचारप्रसार शाखाले जनाएको छ । कूल २६ खेल समावेश १३औँ साग २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि