वा क्या वात !!!!
प्रिन्सिपल: कहाँबाट हरायाे ?
विद्यार्थी: यहीं कक्षा काेठाबाट हरायाे सर !
प्रिन्सिपल: कसरी हरायाे ?
विद्यार्थी: म टिफ़िन टाइममा घड़ी यहीं टेबुलमा राखेर बाहिर गएकाे थिए, आउँदा टेबुलमा घडी छैन सर !
प्रिन्सिपल: त्यसाे भए याे समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू काेही आएका छैनन् ।
प्रिन्सिपल: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नाे आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रिन्सिपलले सबैकाे पकेट छाम्याे । एउटाकाे पकेटमा घड़ी भेटियाे । प्रिन्सिपलले घड़ी बुझाए ।
चाेरी गर्ने केटा डरायाे । उसले अब मैले चाेरेकाे कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्याे । एकदिन दुईदिन गर्दै समय वित्याे । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नाे कर्ममा लागे ।
चाेर्ने केटा ठूलाे इण्डस्ट्रीजकाे मालिक बन्याे । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियाे । उक्त कार्यक्रममा आफ्नाे प्रिन्सिपल पनि आएका थिए । केटा प्रिन्सिपलसँग गएर प्रिन्सिपललाई धन्यवाद ज्ञापन गर्दै भन्याे “आज म जाे स्थानमा छु सर हजुरकै देन हाे । म हजुरकाे त्याे गुन कहिल्यै भुल्ने छैन ।” प्रिन्सिपल आश्चर्यमा पर्दै भने “मैले त्यस्ताे के गरें र ? तिमी याे सब भन्दैछाै ?”
गल्ती कसबाट हुँदैन? तर, आज हामी अरूकाे गल्ती-ख़ामी खाेज्दै हिंड्छाैं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छाैं । जबकि हामी काेही गल्ती नगर्नेमा पर्दैनाैं । सबैले सानाे-ठूलाे गल्ती गरि रहेका हुन्छाैं । के कसैकाे गल्ती हामीले माफ़ गर्न सक्दैनाैं ? गल्ती ढाक्न सक्दैनाैं ? सुध्रने माैका दिन सक्दैनाैं ?