कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान



काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले विशेष कार्यक्रम आयाेजना गरि बधाइ, शुभकामना तथा सम्मान गरेकाे छ ।  हरि सँगसँगै सगरमाथा आराेहण गर्न सफल उनका भाइ नन्द बहादुर बुढामगरलाई समेत सम्मान गरेकाे हाे । डिक्यानकाे प्रधान कार्यालय थापाथलीमा गरिएकाे कार्यक्रममा पूर्व राजदुत तथा नेपाली सेनाका पूर्व सहायक रथी भरत बहादुर रायमाझी, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, पूर्व सहायक रथी बाबुकृष्ण कार्कीकाे सहभागिता रहेकाे थियाे । त्यस्तै डिक्यानका अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरिक्षक गुप्त बहादुर श्रेष्ठ, प्रहरी नायब उपरिक्षक हिरा गिरी, डिक्यानका कार्यकारी निर्देशक डा. राजेन्द्र के.सी.,  साथै विद्यार्थी र अभिभावककाे उपस्थिति रहेकाे थियाे ।

बुढामगरलाई बधाइ दिँदै पूर्व राजदुत तथा नेपाली सेनाका पूर्व सहायक रथी भरत बहादुर रायमाझी साथै सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठले बुढामगरकाे याे सफलताले फेरि एकपटक विश्व सामु नेपालीहरुकाे शिर उँचाे राख्न सफल भएकाे भन्दै दृढ इच्छा शक्ति र अठाेट हुने हाे भने संसारमा असम्भव केहि पनि हुँदैन । दुवै खुट्टा गुमाएर पनि बुढामगरले जुन साहसका साथ सर्वाेच्च शिखर चुम्न सफल हुनुभयाे, सुरक्षा निकायमा सेवा प्रवेश गरि राष्ट्र सेवा गर्न तम्तयार विद्यार्थीकाे लागि याे अत्यन्तै प्रेरणादायी रहेकाे बताउनुभयाे ।

हरि बुढामगरलाई डिक्यानद्वारा प्रदान गरिएकाे बधाइ, शुभकामना तथा सम्मान पत्रः

विश्वको अग्लो हिमाल सगरमाथाको शिखर चुम्न रहर गर्ने विश्वका अरबौं नागरिकहरुको माझबाट सगरमाथाको देश नेपालको तपाईं एक महान सपूत आफ्ना दुबै खुट्टा गुमाउँदा समेत वीरता र अदम्य साहसका साथ विक्रम संवत् २०८० जेठ ५ गते शुक्रबार तदनुसार मे १९, २०२३ मा सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल हुनु भएकोमा हामी गौरवका साथ हार्दिक बधाई ज्ञापन गर्दछौं ।
लगन, मेहनत, अनुशासन तथा दृढ आत्मविश्वासका साथ निरन्तर कर्ममा अगाडी बढ्न सके संसारमा कुनै काम गर्न असम्भव छैन भन्ने शिक्षा तपाईंले दिनुभएको छ । यो शिक्षा नेपालीका लागि मात्र नभएर विश्वभरका सबै उमेर र सक्षमताका मानिसहरुलाई हो । तपाईंको यस अदम्य साहसको जति प्रशंसा गरे पनि पुग्दैन । नेपालीहरुको वीरता र साहसको अर्को एउटा नमूना जुन तपाईंले प्रदर्शन गर्नु भएको छ; त्यो हामी सबैका लागि अनुकरणीय र उत्प्रेरणाको बिषय बनेको छ ।
देश र देशवासीको नाम उच्च राख्न सफल तपाई हरि बुढामगरको उज्ज्वल भविष्य र सुस्वास्थ्यको कामना गर्दै देशको सुरक्षा सेवामा समर्पित हुन उत्कट आकांक्षा राख्ने यस डिफेन्स करियर एकेडेमी नेपालका विद्यार्थीहरुको समेत पथ–प्रदर्शक एवं उत्प्रेरक अभिभावकको भूमिकामा सधैं रहिरहनु हुनेछ भन्ने अटल विश्वास राख्दै तपाईंको व्यक्तिगत र सामाजिक जीवन सदा सुखमय रहोस् भन्ने कामनाका साथ यो प्रशंसापत्र अर्पण गर्दछौं ।
जय नेपाल !

दुवै खुट्टा गुमाइसकेपछि मेराे जिन्दगी देखि नै मैले हार खाइसकेकाे थिएँ । कयाैँ पटक यसरी बाँच्नुभन्दा मर्नु ठीक हुन्छ भन्ने लागेर आत्महत्या गर्ने सम्मकाे साेच आएकाे थियाे । मेराे परिवार, समाजकाे अगाडि मैले मर्ने निर्णय लिनुहुन्न ! शारीरिक रुपमा अशक्त भएपनि मैले देशकाे लागि याेगदान गर्न बाँकी छ, गर्न सक्छु । अबकाे बाँकी जीवन देशकाे सेवामा समर्पित गर्नुपर्छ भावना मनमा राखेर निरन्तर अगाडि बढ्दाकाे प्रतिफल नै मैले प्राप्त गरेकाे छु । सगरमाथा चुम्न सफल भएकाे छु । मेराे यात्रा अझै सकिएकाे छैन, देशलाई सधैँ शिरमा राखेर याे यात्रालाई अगाडि बढाउँछु । उपस्थित विद्यार्थी साथीहरू तपाइँहरु उच्च मनाेभावनाका साथ राष्ट्र सेवा हेतु सुरक्षा निकायमा सेवा प्रवेशकाे लागि प्रशिक्षण लिँदै हुनुहुन्छ । दृढ इच्छा शक्ति, निरन्तरकाे मेहनत र सबैभन्दा ठुलाे कुरा इमान्दारितालाई आत्मसाथ गर्दै अगाडि बढ्नुहाेस् सबै कुरा सम्भव छ । बुढामगर भन्नुहुन्छ, हामीले याे माटाेबाट धेरै कुरा लियाैँ, अब याे माटाेकाे लागि देशकाे लागि के दिन सक्छु भनेर तपाइँ-हामीले साेच्नुपर्छ, लाग्नुपर्छ ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ । पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर