बझाङको केदारस्युँमा भिरबाट लडेकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार


बझाङ । बझाङको केदारस्युँ गाउँपालिका ९ सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउसो सोही स्थान बस्ने ८४ वर्षीया रत्ना विष्ट  बाटोमा हिँड्ने क्रममा बाटोबाट भिरमा लडेर रुखको जरामा अड्किएको अबस्थामा फेला पारी उद्धार गरिएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट झोताबाट खटिएको ४ जनाको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउसो साढे एक बजे सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।