काठमाडौं । जनकपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो । यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्यो । टोलीले ६ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ ।

प्रतिक्रिया