कपिलवस्तुमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै फलफुल र स्वास्थ्य किट प्रदान



कपिलवस्तु । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिकजसो सार्वजनिक भएका छन् । तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आईसोलेशनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुलसँगै स्वास्थ्य किट दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कपिलवस्तु नगरपालिकाको आईशोलेशन र होम आईसोलेशनमा रहेका ३१ संक्रमितलाई फलफुल र स्वास्थ्य किट दिईएको हो ।

कपिलवस्तुतका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्याय सहितको टोली होम आईसोलेशनमा रहेका संक्रमितको घर घरमा पुगेको थियो ।

कोभिड १९ संक्रमित भई आईसोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

वितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान

काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

 गड्यौला

             डा. गोविन्दशरण उपाध्याय दुईवटा गड्यौला जमिन मुनि