बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको छः सांसद घर्ती



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले आर्थिक वर्ष २०८०/८१ को बजेटले राष्ट्रको अठोट पूरा गर्ने लक्ष्य बोकको दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले बजेटको प्रभावकारी कार्यान्वयमा जोड दिएका हुन् ।

उनले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको र यसमा चुनौती रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

सांसद घर्तीले प्रभावकारी नेता र मन्त्रीका निर्वाचन क्षेत्रमा बजेटले प्राथमिकता दिने पुरानै प्रवृति देखिएको टिप्पणी गरे । साथै उनले मलुकको आवश्यकतालाई ध्यान दिई व्यावासायिक उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए ।

उनले किसानले समयमा मल बीउ नपाउने पुरानै अवस्था कायम हुनु दुर्भाग्य भएको बताए । हालको प्रतिनिधिसभामा नयाँ र पुराना जनप्रतिनिधि रहेपनि यस थलोमा जीवन व्यवहार भने नयाँ हुन नसकेको उनको भनाइ थियो । घर्तीले सबै दलले जनतामा छाएको निराशा हटाइ आशा जगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

बझाङ–१ मा एमालेको अग्रता कायमै

  चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित

इलाम–२ मा कांग्रेस उम्मेदवारकै अग्रता

  इलाम ।  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३

इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता