इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा



इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता कायमै छ । नेकपा एमालेका सुहाङ नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काले अग्रता कायमै राखेका हुन् ।

फाकफोकथुम १ र २ को मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मत पाएका छन् भन् सुहाङले १ हजार ६३ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू छन् । उनले ३११ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २०९ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले ९, राप्रपाकी लक्ष्मी गुरुङले ४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत ल्याएका छन् । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ

सभामुखलाई देउवाले भने-प्रतिपक्षीको आवाजलाई नजरअन्दाज नगरियोस्

    काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख