इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा



इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम गाउँपालिकाको १,२, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्वाङले ३,७८३ ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २,७८२ मत प्राप्त गरेका छन्। उनीहरूबीच मतान्तर १००१ रहेको छ। यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५७० मत प्राप्त गरेका छन्।

फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका थिए ।

बझाङमा पनि एमालेकै अग्रता

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेकपा (एमाले) ले अग्रता कायमै गरेको छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले तीन हजार सात सय ४८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन हजार एक सय ८२, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई हजार छ, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक हजार एक सय ४० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवारले ६७७ मतले अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ

संसदमा कांग्रेसको अवरोध कायमै, बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै

संसदीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्नताबारे छानबिनका लागि संसदीय