सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिइने



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन बुधबार बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ ।

सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिमरूप दिन बिहीबार पुन : बैठक बस्नेगरी सकिएको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमका रुपमा समेत साझा कार्यक्रम आउने भएकाले आयोगको पनि विचार लिन लागिएको हो । बिहीबारको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ ।

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो ।

कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ । बिहीबार बिहान ९ बजे फेरि कार्यदल बैठक बालुवाटारमा बस्ने जनाइएको छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ । शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका

कांग्रेस उम्मेदवारलाई पराजित गर्दै बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन्

इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित

    फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना