जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तीमा एक तिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी विभिन्न जातिय÷सामाजिक समूहबाट समावेशी हुने गरी निर्वाचन गर्ने प्रावधान राखेको छ ।

यसैगरी स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले प्रतिनिधि निर्वाचन गराउन आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने भएको सो पार्टीले जनाएको छ ।

प्रतिनिधि छनोट भएपछि आगामी जेठ १५ गतेसम्म सङ्गठन विभागले अभिलेखीकरण गर्ने र केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूची प्रकाशन गर्ने बस्नेतले बताए । पार्टीको महाधिवेशन आउँदो जेठ २० देखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

जसपा विभाजन प्रकरणः निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा

जहाँबाट आरोप लगाइएको छ, त्यहीँबाटै मैले स्पष्ट पार्न पाउनुपर्छः गृहमन्त्री

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा

गृहमन्त्रीमाथि आरोप लगाउने कांग्रेस कुनै न्यायाधीश होइनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक स्वार्थका लागि