इलाममा २७ हजार मतगणना हुँदा रास्वपा चौथोमा सीमित



 

 

फिक्कल (इलाम) ।  प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता बढ्दो क्रममा छ । २७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन् । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित छन् ।

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गर्नुभयो । रास्वपाका लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै

संसदको अवरोध हटाउने उपाय खोज्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ

तस्बिरमा हेर्नुस् महभिरमा महसिकार

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा

पौडी खेल्ने क्रममा बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई