सीमा समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा वार्ता गर्नुपर्छः सीपी गजुरेल
काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेका हुन् ।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीस्तरमा हुने वार्ताबाट पनि समाधान नभए यो विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । नेता गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि देशभित्रै जनआन्दोलनको आँधिबेहरी पनि सृजना गर्नुपर्ने बताए ।