‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै



काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम मुस्ताङमा भैरहेको छ । चैत्र १६ गतेबाट छायाँकन सुरु भएको सिनेमाको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि सुटिङ्ग गरिनेछ ।

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी सिनेमालाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको सिनेमामा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भंगेरी कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहने सिनेमामा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । निर्माण टिमले सिनेमाको प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर छायाँकन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘जम्प’को ‘फेरि फर्किन्छ’

काठमाडौँ । फिल्म ‘जम्प’को गीत ‘फेरि फर्किन्छ’ सार्वजनिक भएको छ। गीत क्रियटिभ माकुरा

‘भूठान’को मुख्य भूमिकामा हरिवंश आचार्य

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ बनाउने

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र

पूरा गरिँदै स्वर सम्राटका सपना

काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नम्बरको