संविधान संशोधन गर्न पूर्वराष्ट्रपति यादवको सुझाव



काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौमा सुरु प्रथम अन्तराष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीतिक दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउदै सबैले अपनत्व महसुस गर्ने गरि संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड दिए ।

संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताए ।

समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातीकोबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरिन् । सम्मेलन सनिबार सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम