प्रतिबन्ध छल्न विमानमै विवाह



एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन् । सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ ।

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ । द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ ।

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए । ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन् ।

भारतमा अहिले कोरोनाभाइरसको घातक दोस्रो लहर चलिरहेको छ । कोभिडका कारण त्यहाँ अहिलेसम्म कम्तीमा तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

विगतका साताहरूमा अस्पताल र मसानघाटहरूमा भिड लागेको एवं त्यसका कारण अक्सिजनको कमी र दाहसंस्कार चौबीसै घण्टा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । धेरै परिवारले आफन्तको दाहसंस्कारको खर्च बेहोर्न नसकेपछि गङ्गा नदीको किनारमा शवहरू गैरकानुनी रूपमा गाडेर छोडेको समाचारहरू आएका छन् ।

मङ्गलवार बिहान २४ घण्टाको अवधिमा भारतमा एक लाख ९६ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ३ हजार ५११ जनाको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभाका लागि तेस्रो चरणको मतदान सुरु

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली