वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी



वाग्मती । नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बुधबार माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा (एकीकृत समाजवादी)का १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो ।

बुधबार वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि