बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते



 

ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको होभने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए । विहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे मात्र शव फेला परेको उनको भनाइ छ ।

घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए । घाइते दुईजनाको शरीरका विभिन्न अङ्गहरु जलेको उनलेल बताए ।

शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताए । आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ ।

“बिहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरु आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्,” प्रहरी निरीक्षक सुनारले भने, “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रणबाहिर छ, तत्काल बस्तीहरु त जोखिममा छैनन् तर जङ्गल सबै जल्ने भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद‍्मा बोल्ने अनुमति पाउँ भन्दै सभामुखलाई गृहमन्त्री दिए निवेदन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मंगलबार दिउँसो