आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् ।

देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौँ व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडालगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौँ चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गरेका छन् । त्यसैगरी उहाँले आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाएका परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

“आगलागीमा परी जीवन गुमाउनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, विज्ञप्तीमा भनिएको छ ।

सभापति देउवाले आगलागीका कारण जलेर घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रवन्ध गर्नसमेत सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता