प्रदेश एकमा १० जना एमाले सांसद एकीकृत समाजवादीका पक्षमा



विराटनगर । प्रदेश एकमा नेकपा एमालेका १० सांसदले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

उनीहरुको सनाखतसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ । प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि